एक लाख ९४ हजार थान मेमोरी कार्ड बरामद

काठमाडौं, ४ असार । प्रहरीले त्रिभुवन विमानस्थलबाट लुकाएर ल्याउदै गरेको झण्डै दुई लाख थान मेमोरी कार्ड जफत गरेको छ ।
नेपाल एयरको उडान मार्फत हङकङबाट नेपाल आएका भारतीय नागरिक सुभाष मल्लासहित ५ जनासँग एक लाख ९४ हजार थान मेमोरी कार्ड बरामद गरेको प्रहरीले जनाएको छ । ४ जिविका मेमोरी कार्ड सहित उनीहरुलाई पक्राउ गरेको प्रहरी भनाई छ ।
बिमानस्थल भंसारमा प्रहरीले आइतबार उनीहरुको शरीरमा खानतलासी गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त कार्ड फेला पारेको जनाईएको छ । बरामद भएका मेमोरी कार्ड मोवाईल, क्यामरालगायतमा प्रयोग हुन्छन् ।

प्रतिक्रिया