प्रधानमन्त्रीको जिम्मेवारी गच्छेदारलाई

काठमाडौं, ४ असार । राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको अनुपस्थितिमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारलाई प्रधानमन्त्रीको जिम्मेवारी तोकी दिएका छन् ।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरेर अन्तरिम संविधान २०६३ अनुसार सरकारका दैनिक कार्य गर्ने गरी गच्छेदारलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको जनाएको छ ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलमा हुने एक कार्यक्रममा सहभागी हुन आज त्यस तर्फ प्रस्थान गरेपछि राष्ट्रपति डा.यादवले भट्टराईको जिम्मेवारी गच्छेदारलाई दिएका हुन् ।

प्रतिक्रिया