दुई अध्यादेश जारी

काठमाडौं, ४ असार । विपक्षी दलहरुको विरोधका वावजुद राष्ट्रपति डा.रामवरण यादवले सरकारले सिफारिस गरेका दुई अध्यादेश जारी गरेका छन् ।
पारस्परिक कानूनी सहायता अध्यादेश–२०६९ र सुपर्दगी अध्यादेश–२०६९ जारी गरिएको हो । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ती जारी गरेर पारस्परिक कानूनी सहायता र सुपुर्दगीसम्बन्धी अध्यादेश जारी गरेको हो ।
मन्त्रिपरिषद्ले दुई अध्यादेशको मस्यौदा जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो ।
नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गर्दै अन्तरिम संविधानको धारा ८८ को उपधारा १ अनुसार दुवै अध्यादेश जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया