खोजखबर

कुलेखानी तेस्रो समयमै सम्पन्न गर्न निर्देशन

सौर्य अनलाइन २०६९ असार २ गते १४:०४ मा प्रकाशित

भैसे (मकवानपुर), २ असार । उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुले निर्धारित समयमै कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आयोजनाको मुख्य सिभिल निर्माणको ठेकेदार सिनो हाइड्रोले एकतर्फी रुपमा ठेक्का तोडेपछि र बन्द, हड्ताल, विरोध लगायतको कारणले  सन् २०११ मा सम्पन्न गर्नुपर्ने आयोजना अझै पुरा भएको छैन । ठेक्का तोडेको सिनोलाई सहमतिमा फर्काएर गत फेब्रुअरीममा ३० महिना समय गरिएको थियो । उर्जा सचिव हरिराम कोइराला, प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे लगायतले समयमै आयोजना पुरा गर्न निर्देशन दिएका हुन । उनीहरुले आयोजनामा देखिएका सबै समस्या समाधान गर्ने आश्वासन पनि दिएका थिए ।
शनिबार आयोजनास्थलमा रहेका प्रतिनिधिहरुलाई आयोजनाका प्रतिनिधि र सिनो हाइड्रोका प्रतिनिधिले प्राधिकरणले समयमै भुक्तानी दिन नसकेको, डिजेलको कमी, शान्ति सुरक्षाको अभाव, बेला बेलामा स्थानीयबासीबाट आउन सक्ने अवरोध लगायतका समस्याबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले दुई बर्षभित्र पुरा गर्नका लागि देखिएका सबै वाधा, अवरोध हटाउने प्रतिवद्धता जनाएका थिए ।
आयोजना प्रमुख मधुसुदन प्रताप मल्लका अनुसार, अहिलेसम्म सबै कामको प्रगतिको आधारमा ३५ प्रतिशत काम पुरा भएको छ ।

प्राधिकरणको ७५ प्रतिशत र सरकारको २५ प्रतिशत लागतमा ४ एप्रील २००८ मा कुलेखानी तेस्रोको निर्माण कार्य सुरु भएको थियो । मकवानपुर जिल्लाको भैसेमा निर्माणाधीन १४ मेगावाटको उक्त आयोजनाको कुल लागत अर्ब ४३ करोडमध्ये १ अर्ब ४० करोड रुपैयाँ खर्च भैसकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय