सिराहाका पीडितलाई सैनिक श्रीमती संघको सहयोग

काठमाडौं, १ असार । सैनिक श्रीमती संघले सिराहा जिल्लाका आगलागी पीडित परिवारलाई राहत उपलब्ध गराएको छ ।
जेठ–२ गते सिराहाको औराही गाविसका वडा नम्बर २ देखि ८ सम्मका आगलागीबाट क्षति भएका ४ सय ६१ घर परिवारलाई संघले राहत स्वरुप चामल, चिनी, चिउरा र विस्कुट वितरण गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ती जारी गरेर राहत स्वरुप खाद्यान्न सामग्रीहरु प्रमुख जिल्ला अधिकारी मार्फत उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया