तीन बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं, १ असार । काठमाडौंको कपनबेगबाट प्रहरीले तीन जना बालिकालाई पालैपालो बलात्कार गर्ने रहरवहादुर तामाङलाई पक्राउ गरेको छ ।
३ जना बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा ४५ वर्षीय तामाङलाई स्थानीयबासीले आज पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । सो क्रममा तामाङलाई कारबाहीको माग गरेर स्थानीयवासीले प्रहरी प्रभागमा घेराउ समेत गरेका थिए ।
तामाङले सोही ठाउँ बस्ने लामा थरकी ९ वर्षीया तथा भण्डारी थरका १०/१० वर्षीया बालिकालाई ललाई फकाई बिगत २/३ दिनदेखि बलात्कार गर्ने गरेको प्रहरी भनाई छ ।
स्थानीय मन्दिरमा लगी अनुचित कार्य गरेको भनी पीडितका आफन्तहरुले अभियुक्त तामाङलाई आज विहान १० बजेर २५ मिनटमा नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् ।

उता, सल्यानमा जवरजस्ती करणी गरेको अभियोगमा कैदसजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।
हृदयघातको कारण बेहोस भएका बाँके जिल्ला चिसापानी–९ घर भएका २१ बर्षीय टेकप्रसाद शर्माको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया