देउवाको दबाव पछि भातृसंगठन विस्तार

काठमाडौ, १ असार । वरिष्ठ नेता शेरबहादुर देउवाको दबाव पछि कांग्रेस सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ समिति विस्तार गरेका छन् ।
सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच भएको सहमति अनुसार नेविसंघमा २०, तरुण दल र महिला संघमा छ/छ जना केन्द्रीय सदस्य थप गरेको आज जारी विज्ञप्तीमा उल्लेख छ ।
विस्तारित तीन वटै भ्रातृ संगठनमा थपिएका सदस्यहरु वरिष्ठ नेता देउवा निकट हुन् । नेता देउवाले तीन वटा संगठनमा रहने नामावली बुझाएपछि कोइरालाले उनीहरुलाई थप गरेका हुन् ।

 

 

 

असार १, २०६९

प्रेस विज्ञप्ति

निर्देशानुसार नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ समितिहरुमा निम्न प्रकार सदस्यहरु थप गरिएको छ ।

नेपाल विद्यार्थी संघ
१. यज्ञ कट्टेल मोरङ
२. निलकमल भट्टराई ओखलढुंगा
३. अशोक बस्ताकोटी नवलपरासी
४. भगवान अधिकारी काभ्रे
५. जीवन खत्री भक्तपुर
६. लोकेन्द्र रोकाया कैलाली
७. विमला भट्ट गोरखा
८. विमलचन्द विष्ट ललितपुर
९. गोविन्द लामिछाने कास्की
१०. केशव मिश्र कैलाली
११. सरोज मैनाली सिन्धुली
१२. बीरेन्द्र यादव बारा
१३. नन्दकिशोर यादव सप्तरी
१४. अर्जुन महतारा
१५. दावागेलु पार्खारङ (राजु) सोलुखुम्बु
१६. शकुन्तला त्रिपाठी रामेछाप
१७. सञ्जय सिलवाल गोरखा
१८. भीमसिंह गुरुङ सुनसरी
१९. सूर्यबहादुर थापा रौतहट
२०. निर्मल पौडेल चितवन

नेपाल महिला संघ
१. पार्वती थापा मगर (उर्मिला) तनहुँ
२. अमुदा श्रेष्ठ काठमाडौँ
३. महिन्द्रा लिम्वू झापा
४. रंगमती शाही हुम्ला
५. उषा भण्डारी काठमाडौँ
६. प्रशीष महरा डोटी

नेपाल तरुण दल
१. मेखलाल श्रेष्ठ स्याङ्जा
२. नवीन सिंह पर्सा
३. टोमलाल राजवंशी झापा
४. महेश खरेल काभ्रे
५. डण्डी ढकाल सुर्खेत
६. पूर्ण गुरुङ तनहुँ
वसन्तकुमार गौतम
मुख्य सचिव

प्रतिक्रिया