खोजखबर

पुरिएर तीन बालबालिकाको मृत्यु

सौर्य अनलाइन २०६९ असार १ गते १०:०१ मा प्रकाशित

सिन्धुपाल्चोक, १ असार । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर–२, डाँडागाउँमा आज बिहान गएको पहिरोमा पुररिएर तीन बालबालिकाको ज्यान गएको छ । पहिरोमा परेका तीन बालबालिका भागेर बाँच्न सफल भएका छन् ।
मृत्यु हुनेमा स्थानीय १३ बर्षीया सम्झना खत्री, १४ बर्षीय रवी कार्की र १३ बर्षीया समिक्षा कार्की रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।
अध्ययनका लागि स्थानीय सेतीका प्राथमिक विद्यालय जाँदै गरेका उनीहरु बाटो छेवैमा रहेको खोल्साको मुलमा पानी पिउन जाँदा पहिरोमा परेका थिए ।
गएराती परेको पानीले खोल्साको ढिस्को खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय