न्यायाधीश बम सहिद/दसलाख रहतपनि

काठमाडौं, १ असार । सरकारले सर्वोच्च अदालतका न्यायधीश रणवहादुर बमलाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले बमलाई सहिद घोषणा गर्दै परिवारलाई दश लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । वमको गत जेठ–१८ गते ललितपुरको बंगलामुखी मन्दिर दर्शन गरेर फर्कने क्रममा शंखमुलस्थित युएनपार्क नजिकै अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । बमको उपचारमा लागेको खर्च समेत सरकारले ब्यहोर्ने निर्णय गरेको छ । वमको हत्याको छानविन गर्न सरकारले न्यायिक छानविन समितिपनि गठन गरेको छ । सरकारले पूर्व न्यायधीश प्रेमप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्सीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा सह–न्यायधिवक्ता प्रेमराज कार्की र नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक नरेश गुरुङ्ग रहेका छन् । सर्वोच्च अदालतका न्यायधीश र अधिकारकर्मीले न्यायिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेपछि हत्याको १३ औं दिनपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको हो । बैठकले झापामा चैत्र–२१ गते हत्या गरिएका पत्रकार यादव पौडेलको हत्याका विषयमा छानविन गर्न गठित न्यायिक समितिको म्याद १५ दिन बढाउने निर्णय गरेको छ । सरकारले घटनाको छानविनका लागि पूर्व न्यायाधीश केशवप्रसाद बस्यालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । त्यस्तै सरकारले भारतका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाई मानार्थ नेपाली सेनाको महारथी पदबी दिन राष्ट्रपति समक्ष सिफारिस समेत गरेको छ । सिंहको नेपाल भ्रमणलाई समेत स्वीकृत गर्दै बैठकले मानका लागि मान अन्र्तगत सो सम्मान दिने निर्णय गरिएको हो । त्यस्तै वीपी राजमार्गको सिन्धुली बर्दिवास तेस्रो खण्ड र निर्माण र दोस्रो खण्डको पहिरो नियन्त्रणका लागि ४ अर्व ९९ करोड ७० लाख जापानी येन अनुदान सहायता लिन अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । वन पैदावार प्राधिकरण स्थापनाका लागि कानून तर्जुमा गर्न सरकारले बन तथा भू–संरक्षण मन्त्रालयलाई स्वीकृति समेत प्रदान गरेको छ ।

प्रतिक्रिया