खोजखबर

“चुम्बन गरेकोमा पछुतो लाग्यो”

सौर्य अनलाइन २०६९ असार १ गते २:२१ मा प्रकाशित


उनलाई मैले पहिलोचोटि २०६४ सालमा भेटेको हुँ । म १७ वर्षको थिएँ, उनी १६ वर्षकी । उनी अर्थात् मेरी प्रेमिका– रुमा अवाले । म त्यस बेला कक्षा १० मा पढ्थेँ, उनी ९ मा । च्यासल एकेडेमीमा बस्दाताका मिल्ने साथी रविन श्रेष्ठमार्फत उनीसँग भेट भएको थियो, बिहीबारका दिन ।
एकेडेमीमा बस्दा कसैलाई भेट्न भनेर समय पाइँदैनथ्यो । बिहीबारको त्यो बिहान म साथीहरूसँग ट्रेनिङ गरेर बंगलामुखी मन्दिर हुँदै फर्किइरहेको थिएँ । त्यहीँ उनलाई पहिलोचोटि देखेँ । साथी रबिनले उनलाई चिन्दो रहेछ, परिचय गराइदियो । देख्नासाथ खुब राम्री लाग्यो तर केही कुरा गर्न पाइएन । तैपनि हाम्रो परिचय बिस्तारै झाँगिँदै गयो । मेरो मोबाइल थिएन, उनी एन्फा हाउसको ल्यान्डलाइनमा फोन गर्थिन् । पहिलो फोन उनैले गरेकी हुन् । भन्थिन्– ‘मलाई तपाईंको खेल हेर्न एकदमै मन लागेको छ, टिकट त मिलाउनु हुन्छ होला नि †’ अब पहिलो नजरमै आºनो हृदयमा पसेकी सुन्दरीको आग्रह, नमान्न कहाँ सक्थेँ र ? त्यसपछिका मेरा सबै गेम उनले हेरेकी छन्, कुनै छुटाएकी छैनन् । अब त दर्शकदीर्घामा उनलाई नदेखे खेल नै खल्लो भएको महसुस हुन्छ मलाई ।
एक महिनासम्मको फोनवार्तापछि हामीले कुमारीपाटीको एन्डिज क्याफेमा व्यक्तिगत रूपमा भेट गर्‍यौँ । केही समयपछि राष्ट्रिय टिमका तर्फबाट यु–१७ फुटबल खेल्न म सिंगापुर जानुपर्ने भयो । उनलाई बिछोडको पूर्वानुभूति भएछ क्यारे, मलाई अँगालिन् । उनले मलाई छोएको त्यही नै पहिलोचोटि हो । उनले यसरी आत्मीयता सेयर गरिरहँदा कताकता मलाई पनि दु:ख लागिरहेको थियो । म विदेश जाने अवधि जति नजिकियो, उनी झन्झन् ‘सिरियस’ हुन थालिन् । हुँदाहुँदा आँसु नै खसालिन् । म नहुँदा नियास्रिने वर्षौंदेखिकी प्रेमिकाजसरी भन्न थालिन्– ‘चाँडो गरेर आउनु, नगएको भए पनि हुन्थ्यो, आउनेबित्तिकै मलाई भेट्नु ल †’ यति भनिसेकपछि मलाई ‘आई लभ यु’ भन्दै फेरि अँगालिन् ।
मैले उनलाई सम्झाएँ– ‘हामी यो गेम जितेर आउँछौँ, त्यसपछि गुरुहरूले निकै पैसा दिनुहुन्छ, अनि थुप्रै ठाउँमा घुमौँला नि †’ सिंगापुरबाट आउँदा उनलाई टिसर्टलगायत केही उपहार ल्याइदिएको थिएँ । तर, आएको दुई महिनापछि मात्रै दिन पाएँ । यसरी कुनै विशेष पर्पोज नगरीकनै हामीबीच आफसेआफ प्रेम बसिसकेछ । हामी कहिल्यै छुट्न नसक्ने प्रेमीप्रेमिका बनिसकेका थियौँ । दुई महिनापछि भेट्दा उनले मलाई लामो बेर अँगालेर बिछोडको पीडा पुर्न खोजिन् । त्यसपछिको एक वर्षमा नौचोटि उनले अँगालेको थाहा छ मलाई ।
दशौँचोटि अँगाल्दाचाहिँ मैले उनलाई चुम्बन गरिदिएँ । पहिलो किसको त्यो क्षण, आहा… † म शब्दमा व्यक्त गर्नै सक्दिनँ । त्यसअघि पनि उनलाई किस गरूँ त लाग्थ्यो, तर डर पनि त्यत्तिकै लाग्थ्यो । त्यस दिन हाम्रो लिप्स किस भयो । उनले तत्काल केही भनिनन्, उठेर हिँडिन् । मलाई डरले ढ्यांग्रो ठोक्न थालिहाल्यो, व्यर्थै त्यसो गरेँछु जस्तो लाग्यो । माफी माग्ने अठोट गरेँ । तर उनले मलाई विश्वास गरेकी रहिछन्, नराम्रो मानिनन् । उनको कुरा सुनेर मैले लामो श्वास फेरेँ ।
उनी भन्थिन्– ‘मलाई तिम्रो घरबाट स्वीकार गर्ने हुन् कि होइनन् †’ ‘कास्ट’ नमिल्ने भएकाले यो डर मलाई पनि अलिअलि थियो । तर, जो होला राम्रै होला भनेर विश्वास दह्रिलो पारेँ ।
यसबीच मैले उनलाई मेरो मोरङस्थित घरमा पनि सात दिन लगेर राखेको छु, मेरो परिवारकै बीच । प्रेमिकाका रूपमा नभई साथी भनेर लगेको थिएँ, बुबाआमाका माझ । हुँदाहुँदा बुबाआमालाई नै उनी मन परिछन् । भन्न थाल्नुभएछ– छोराको बिहे यिनै नानीसँग गरिदिनुपर्लाजस्तो छ । घरमा नयाँ केटी देखेपछि छिमेकतिरचाहिँ भरतले बिहे गरेछ भनेर तहल्कै मच्चिएछ । उनले आºनो परिवारलाई ढाँटेकी थिइन्, कलेजबाट टुर जाने भनेर । तर, उनी मेरोमा गएकी थिइन् भन्ने उहाँहरूलाई अहिलेसम्म पनि थाहा छैन होला ।
अब उनी बिहे गरौँ भन्न थालेकी छन् । तर, म पहिले करिअर बनाऔँ अनि दुई–चार वर्षपछि गरौँला भनेर सम्झाउँछु । अहिलेसम्मको हाम्रो सम्बन्धमा सेक्स भएको छैन, त्यसलाई चाहिँ हामीले बिहेपछिको उपहारका रूपमा सम्हालेका छौँ । हामी भविष्यको कल्पनामा डुबेर अनेकौँ रमाइला ठट्टा पनि निकै गरिरहन्छौँ । म भन्छु– ‘मलाई पहिलो सन्तान छोरा चाहिन्छ ।’ उनी भन्छिन्– ‘हस्, भइहाल्छ नि †’ फेरि उनी सोध्छिन्– ‘छोरा नै किन नि †’ म भन्छु– ‘किनकि मलाई एउटा छोरा जन्माएर राम्रो फुटबल खेलाडी बनाउने रहर छ ।’ अनि आºना मूर्ख गफहरू सम्झिएर निकैबेर हाँस्छौँ हामी । र, निष्कर्षमा पुग्छौँ– ‘छोरा–छोरी जे भए पनि नो प्रोब्लम ।’
कहिलेकाहीँ भेट्ने समय नमिल्दा उनी रिसाउँछिन्, हामीबीच सामान्य झगडा पनि नपर्ने होइन । उनी पनि कुनै म्याचमा ढिला आइन् भने रिसाउने पालो मेरो । खुब हपार्छु उनलाई । रिसाउने मामिलामा म अलि ढीट रहेछु । निकैबेरसम्म बोल्दै नबोल्ने । तर, मभन्दा धेरै बुज्झकी छन् मेरी मायालु । गल्ती मेरै भए पनि मलाई सम्झाउने, फकाउनेचाहिँ उनै हुन्छिन् । अब हाम्रो चोखो माया र पवित्र सम्बन्धलाई चार वर्षपछि बिहेमा परिणत गर्ने सोचेको छु । एकछिन् बिर्सन्नन् उनी मलाई । अहिले पनि सम्झिरहेकी होलिन्– आइ लभ यु ‘रुमा’, आई मिस यु † हरेक पल तिम्रै लागि यो जीवन †
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय