एम.सी. स्टुडियोज कला क्षेत्रमा प्रभाव जमाउदै

काठमाडौं, ३२ जेठ । एम.सी. स्टुडियोजले कुनैपनि कला क्षेत्रमा आवश्यक पर्ने मोडल तथा कलाकार उपलब्ध गराउन आफू सक्षम रहेको जनाएको छ । सौन्दर्य जगतमा सफलता दिलाउने उदेश्यले बजारको माग बमोजिम मोडलिंग, कलालगायतका क्षेत्रमा आफ्ना उत्पादन दिने उसले दाबी गरेको छ ।
स्टुडियोजकी स्टुडियो को–अर्डिनेटर रेनुका भुषालले आज विज्ञप्ती जारी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको फिल्म, टेलिभिजन, रेडियो, फेसन, विज्ञापन, ब्यापार सो, इभेन्ट, प्रदर्शनी तथा ब्यवसायिक क्षेत्रमा योग्य उम्मेदवारहरुको आपूर्ती गर्दै आएको जनाएकी छन् ।
प्रतिभावान ब्यक्तित्व एवं सम्बन्धित बजारका बीचमा स्टुडियोजले ब्यवस्थित मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने विज्ञप्तीमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय प्रतिभाहरु उपलब्ध गराउन सहजताका लागि कला बैंकले अन्तर्राष्ट्रिय मोडलिंग एजेन्सीसंग आवद्ध भएर काम गरी रहेको समेत उसले जनाएको छ ।
‘स्थापनाको सुरुवातमा मोडल बैंक तथा कला बैंकबाट कार्य प्रारम्भ गरेको स्टुडियोजमा १०० अधिक कलाकार एवं मोडलहरु दर्ता भई सकेको छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘जस अन्तरगत ग्ल्यामर मोडल, क्यारेक्टर मोडल, बाल कलाकार, नायक, नायिका, भिडियो जोक्की, रेडियो जोक्की, प्रस्तोता, उद्घोषक, स्थापित श्रृंगार बिद् पर्दछन् ।’
स्टुडियोजले निकट भविश्यमा विभिन्न फेसन तथा सौन्दर्य सम्बन्धी इभेन्टहरु गरेर ग्ल्यामर क्षेत्रमा लागेका प्रतिभा, उद्यमी, मोडल र कलाकारहरुलाई पेशागत प्लेटफार्म उपलब्ध गराउने योजना बोकेको जनाएको छ ।
भविश्यमा अरु थप सेवाहरु थप्दै लैजाने योजना अनुसार स्टुडियोजले भविश्यमा फोटोग्राफी सेवा, श्रृंगारको पेशागत सेवा, टेलिभिजन र रेडियो कार्यक्रमहरु, तालिम, कार्य शिविर तथा विभिन्न इभेन्टहरु सन्चालन गर्ने योजना लिएको जनाएको छ ।
स्टुडियोजले दर्ता प्रक्रियाबाट उम्मेदवारहरुको भर्ना लिने र विभिन्न तालिमहरु दिएर विशेषज्ञलाई विशिष्ट बनाउने तथा बजारको रिक्त स्थानमा आपूर्ती गर्ने उल्लेख गरेको छ ।
अन्नपूर्ण एम्बिसन, अर्थडिभास, सी. यफ. यक्स, होण्डा कम्पनी लगायत अन्तर्राष्ट्रिय ब्राण्ड अरमानीसंग काम गरी सकेको स्टुडियोजले आफ्ना ग्राहकको माग अनुसार जुन कुनै पनि देश, जात, उमेर, बर्ण, लिंगका मोडल तथा कलाकारहरु उपलब्ध गराउने दाबी गरेको छ ।

प्रतिक्रिया