चितुवाको छालासहित पक्राउ

हेटौंडा :  जिल्ला प्रहरी कार्यालय मकवानपुरले चितुवाको छाला र हड्डीसहित फापरबारी–९ भुवनचुलीका ३५ वर्षीय सागर लामालाई पक्राउ गरेको छ ।
बुधवार छाला र हड्डी ल्याउँदै गरेको अवस्थामा प्रहरीले लामालाई सानोपोखरास्थित फापरबारी बसपार्कबाट पक्राउ गरेको हो । प्रहरीले जिल्लामा पहिलोपटक चितुवाको छाला बरामद गरेको हो । पक्राउ परेका लामाका अनुसार फापरबारीबाट हेटौंडा ल्याएपछि व्यापारी लिन आउने र सात लाख रुपियाँ दिने सहमति भएको थियो । लामाले व्यापारीसँग काठमाडौँ बौद्धमा रहेको गलँैचा उद्योगमा काम गर्ने क्रममा चिनजान भएको बताएका छन् । लामाका अनुसार व्यापारी स्वयम्भू निवासी शेर्पा थरका हुन् । (सौस)

प्रतिक्रिया