मुनको आग्रह


न्युयोर्क : संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरियामा जारी रक्तपात रोक्न सिरियाली सरकारसँग अह्वान गरेका छन् । महासचिव मुनका प्रवक्ताद्वारा मंगलबार जारी विज्ञाप्तिमा हिंसा तत्काल रोक्नुपर्ने तथा सिरियाली संकट समाधानका लागि शान्तिपूर्ण राजनीतिक समाधान खोज्नुपर्ने उल्लेख छ । सिरियाली राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै १५ महिनाअघि सुरु भएको आन्दोलन चाँडै अन्त्य गर्नुपर्ने विचार पनि उनले व्यक्त गरेका छन् । सोमबार भएको पछिल्लो हिंसामा सय जनाको मृत्यु गएको समाचार प्रकाशित भएपछि महासचिव मुनले यस्तो बताएका हुन् । (सिन्ह्वा)

प्रतिक्रिया