संवैधानिक र राजनीतिक संकट आउदैछः मोर्चा

काठमाडौं, ३१ जेठ । बृहत मधेसी मोर्चाले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको दैनिक शासन संचालनगर्ने बाहेक दूरगामी प्रभाव पर्ने कुनै पनि निर्णय गर्न नदिन राष्ट्रपति डा.रामवरण यादवको ध्यानाकर्षण गराएको छ ।
मोर्चाको आज काठमाडौंमा बसेको बैठकले सरकारबाट हुने महत्वपूर्ण काम कारवाही गर्न नहुने स्पष्ट पारेको छ । उनसले सरकारका असंवैधानिक गतिविधिमा ध्यान दिन राष्ट्रपति डा.यादवलाई ध्यानाकर्षण गराएको छ ।
‘कामचलाउ सरकारले राजनीतिक सहमतिको आधारमा मात्र अध्यादेश मार्फत बजेट ल्याउनु पर्दछ,’ बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ, ‘सरकारले गर्ने असंवैधानिक काम रोक्नु पर्छ ।’
सरकारले सम्पूर्ण वैधानिकता गुमाएको जनाउदै बृहत मधेसी मोर्चाले कामचलाउ भई सकेको भट्टराई सरकार लामो समयसम्म टिकी रह्यो भने संवैधानिक र राजनीतिक संकट झन्झन् जटिल हुने उल्लेख गरेको छ ।
‘राष्ट्रपतिसंग सल्लाह गरी प्रधानमन्त्री भट्टराईले राजनीतिक सहमतिको आधारमा सहमतीय सरकारको गठनका लागि शीघ्रतिशीघ्र मार्ग प्रशस्त गर्नु पर्छ,’ विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया