राप्रपा नेपालका उपाध्यक्ष मल्लको निधन

काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष हेमबहादुर मल्लको उपचारका क्रममा निधन भएको छ ।
काठमाडौंस्थित एक अस्पतालमा उपचारका क्रममा ७५ वर्षीय मल्लाको निधन भएको आफन्तले जनाएका छन् । मल्ल मुटु, कलेजो र फोक्सोको क्यान्सरबाट पीडित थिए ।
मल्ला तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्यका साथै वन तथा भूसंरक्षण, गृह, भूमिसुधार तथा व्यवस्था, कृषि मन्त्री भइसकेका थिए ।
धनुषा जिल्लामा पुख्र्यौली घर भएका मल्ल २०६२ सालदेखि राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष थिए ।
उनका दुई पत्नी, एक छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया