सुविधा दिने निर्णयबाट बैद्य समूह क्रुद्ध

काठमाडौं, २९ जेठ । एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूह निकट मानिने झण्डै दर्जन जनवर्गीय संगठनहरुले विशिष्ट व्यक्तिलाई सुविधान सरकारले गरेको निर्णयको विरोध गर्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘कामचलाउ सरकारले जेठ २८ गते पूर्व विशिष्ट व्यक्तिहरुको सुविधा सम्बन्धी गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आज जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘देशको गिर्दाे आर्थिक अवस्था, जनताको नाजुक आर्थिक स्थिति, आकासिदो महंगीबाट आक्रान्त जनताको ढाड सेक्ने गरी अध्यादेश मार्फत दिईएको सुविधाप्रति आपत्ती जनाउछौं ।’
सरकारले अध्यादेश मार्फत पूर्वप्रधानमन्त्री, पूर्व न्यायाधिश, पूर्व सभामुख र पूर्व गृहमन्त्री, लगायतलाई सचिवालय सहित आवश्यक पर्ने सम्पूर्ण खर्च आजीवनसम्मका लागि दिने निर्णय गरेपछि बैद्य समूहले विरोध जनाएको हो ।
विशिष्ट व्यक्तिलाई सुविधा दिने नाममा राज्यको ढुकुटीमा ब्रम्हलुट गर्ने निर्णय तुरुन्त खारेज नगरे कडाभन्दा कडा संघर्षमा जान बाध्य हुने विज्ञप्तीमा चेतावनी दिईएको छ ।
‘संघर्षबाट पैदा हुने परिणामको भागिदार स्वयं सरकार नै हुने चेतावनीसमेत दिन चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

 
प्रेस विज्ञप्ति
मितिः–२०६९/०२/२९

 

काम चलाउ सरकारले २०६९ जेठ २८ गते पूर्व विशिष्ट व्यक्तिहरुको सुविधा सम्बन्धी गरेको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशको गिर्दाे आर्थिक अवस्था, जनताको नाजुक आर्थिक स्थिति, आकासिदो महंगीबाट आक्रान्त जनताको ढाड सेक्ने गरी (पूर्वप्रधानमन्त्री, पूर्व न्यायाधिश, पूर्व सभामुख र पूर्व गृहमन्त्रीलाई घर हुँदा हुँदै घरभाडा, गाडी हुँदाहँुदै महंगो पजेरो र उनीहरुका लागि सचिवालयको व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च आजीवनसम्मका लागि दिई अध्यादेश मार्फत गरिएको उक्त निर्णयप्रति आपत्ती जनाउँदै घोर भत्र्सना गर्दछौं ।
साथसाथै विशिष्ट व्यक्तिलाई सुविधा दिने नाममा राज्यको ढुकुटीमा ब्रम्हलुट गर्ने निर्णय तुरुन्त खारेज नगरे हामी कडाभन्दा कडा संघर्षमा जान बाध्य हुनेछौं । संघर्षबाट पैदा हुने परिणामको भागिदार स्वयं सरकार नै हुने चेतावनीसमेत दिन चाहान्छौं ।

…………….
जयपुरी घर्ती
अध्यक्ष
अनेमसंघ (क्रान्तिकारी)
…………….
सुरेश आलेमगर
महासचिव
आदिवासी जनजाती महासंघ

…………………
महेश्वर दाहाल
अध्यक्ष
क्रान्तिकारी पत्रकार संघ
…………….
तिलक परियार
अध्यक्ष
नेपाल राष्टिय दलित मुक्ति मोर्चा

…………….
नन्द बुढा
महासचिव
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
…………….
ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
ए.अ.ने.ज.महासंघ

…………….
गुणराज लोहनी
अध्यक्ष
अखिल नेपाल शिक्षक संगठन
…………….
रामदीप आचार्य
संयोजक
अखिल नेपाल टे«ड युनियन महासंघ

…………….
मंगल विश्वकर्मा
अध्यक्ष
अ.ने.ज.स्वा.संघ
…………….
शिव कट्ठेल
अध्यक्ष
राष्टिय उद्योग व्यापार महासंघ

…………….
एकराज भण्डारी
अध्यक्ष
राज्यद्वारा बेपत्ता योद्धा परिवार संघ
…………….
जयबहादुर चन्द
अध्यक्ष
गणतान्त्रिक खेलकुद महासंघ

…………….
सरद रसाईली
उपाध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)
…………….
नरेश भण्डारी
सचिव
नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन

 

 

प्रतिक्रिया