राष्ट्रपतिले चासो दिए निकास सम्भव छ

विराटनगर, २९ जेठ । एकीकृत माओवादीका सचिव सिपी गजुरेलले राष्ट्रपति डा.रामवरण यादवले चासो दिएमा गोलमेच सम्मेलन मार्फत नयाँ सरकार र संविधान निर्माण गर्न सकिने वताएका छन् ।
मोरङ व्यापार संघका पदाधिकारीहरुसँग विराटनगरमा आज आयोजित अन्तरक्रियामा गजुरेलले संविधानसभा विघठन भैसकेकाले नयाँ संविधान र सरकारका लागि गोलमेच सम्मेलन अन्तिम विकल्प रहेको जिकिर गरे ।
‘गोलमेच सम्मेलन मार्फत सरकार प्रमुख कुनै पनि वौद्धिक व्यक्ति हुन सक्छ,’ उनले भने, ‘नयाँ संविधान वनाएर निर्वाचित व्यावस्थापिक संसदवाट त्यसलाई वैधानिकता दिन सकिन्छ ।’
मोरङ व्यापार संघका अध्यक्ष अविनाश वोहोराले शीर्ष नेताहरुको गैर जिम्मेवारिपनले मुलुकमा निरासा छाएको वताए ।

प्रतिक्रिया