चलचित्र दर्तामा कडाइ गर्ने

काठमाडौं : नेपालमा पछिल्लो समय छाडा संवाद र उच्छृंखल दृश्य राखी चलचित्र निर्माणको क्रम ह्वात्तै बढेपछि चलचित्र विकास बोर्डले स्क्रिप्ट दर्ताको प्रक्रियादेखि नै कडाइ गर्ने भएको छ । यसअगाडि ‘वन लाइन स्टोरी’ का भरमा चलचित्र दर्ता गर्दै आएकोमा बोर्डले अब त्यो शैली हटाएर स्क्रिप्ट राम्रो अध्ययन गरेर मात्र चलचित्र दर्ता गर्ने भएको हो । यसका लागि सम्बद्ध चलचित्रका निर्देशक आपैँm स्क्रिप्ट बोकेर उपस्थित हुनुपर्ने प्रावधान बोर्डले अघि सारेको एक कर्मचारीले बताए । उनका अनुसार बोर्डले चलचित्र निर्माणप्रक्रियालाई सभ्य र मर्यादित बनाउन स्कृप्ट अध्ययन समितिसमेत बनाएको छ । सो समितिमा निर्माता संघ र निर्देशक समाजका प्रतिनिधिका साथै चलचित्रविज्ञहरू सदस्य रहने बताइएको छ । सोही समितिले उपलब्ध गराउने सुझावअनुरूप बोर्डले चलचित्र दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ ।  कम बजेटमा बनेका छाडा संवाद तथा अश्लील विषयवस्तुका लुट र चपली हाइटले सफलता पाएपछि नेपालमा विभिन्न नाममा छाडा एवं अश्लील चलचित्र निर्माणको बाढी नै आएको छ । (सौस)

प्रतिक्रिया