‘एक घर, एक व्यक्ति’

काठमाडौं, २८ जेठ । असार–१ गते काठमाडौंमा हुन लागेको बृहत जनसभामा एमाओवादीले ‘एक घर एक व्यक्ति’को नीतिका साथ सहभागी हुन आह्वान गरेको छ ।
ललितपुरस्थित खन्नागार्मेन्टमा आज भएको प्रशिक्षण कार्यक्रममा नेवाः राज्य समितिका सचिव नारायण दाहालले सो निर्देशन दिएका हुन् ।
‘कार्यक्रमलाई सफल बनाउन प्रत्येक घरबाट एक जनाको सहभागिता गराउनु पर्छ,’ उनले भने, ‘जनप्रर्दशनलाई भव्य र व्यवस्थित पनि बनाउनु पर्छ ।’
सचिव दाहालले असार–१ गतेको जनप्रर्दशन रणनीतिक महत्वको भएकाले जसरी भए पनि सफल बनाउनु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया