सहज आपूर्तिका लागि निगमलाई ऋण

काठमाडौं, २८ जेठ । सरकारले पेट्रोलिय पदार्थको सहज आपूर्तिका लागि नेपाल आयोग निगमलाई निर्देशनका साथै ऋण उपलब्ध गराएको छ ।
पेट्रोलियम पदार्थ भारतबाट आयात गर्न सरकारले निगमलाई एक अर्व ४० करोड रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले निगमलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जनाएका छन् ।
पछिल्लो समय पुनः निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउन नसक्दा उपभोक्ताले चरम अभाव भोग्दै आएका छन् ।

प्रतिक्रिया