आफैँसँग तर्सिन्छिन् किम

निदाएर भर्खरै ब्युँझिएकी किम कार्दसियनलाई देख्दा जोकसैले पनि भन्न सक्छ– यी हलिउड अभिनेत्री आफ्नो सौन्दर्यलाई कति धेरै ख्याल राख्दी रहिछन् । उनको मुहारभरि बाक्लो मेकअप लतपतिएको देख्न सकिन्छ । त्यसो त उनी आफ्नो मेकअपप्रति निकै सचेत छिन् । राति सुत्दा पनि आफ्नो अनुहारको मेकअप हटाएकी हुन्नन् ।
आफ्नो यो शैलीप्रति यी हलिउड अभिनेत्री आफँैं भने
पटक्कै खुसी रहिनछिन् । ‘खासमा म सधँैं बेलुकी मेकअप पुछ्नै बिर्सन्छु’ –उनले एजेन्सीलाई भनिन् । सुत्नुअगाडि मेकअप पुछ्नुपर्छ र नपुछ्दा के असर गर्छ भन्ने आफूलाई थाहा भए पनि बिर्सने बानीले साह्रै अप्ठ्यारोमा पारेको बताइन् ३१ वर्षीया किमले । उनले एजेन्सीलाई भनिन्– ‘मेकअप नपुछी सुतेर भोलिपल्ट ऐना हेर्दा आफ्नै अनुहार देखेर घीन लाग्छ मलाई †’

प्रतिक्रिया