ठमेलमा कांग्रेस नेताहरुको आन्तरिक परामर्श

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका प्रमुख नेताहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आन्तरिक परामर्श गरेका छन् ।
ठमेलस्थित एक होटेलमा उपसभापति रामचन्द्र पौडेल सहितका नेताहरुले आन्तरिक परामर्श गरेको स्रोतले जनाएको छ । छलफलमा नयाँ निर्वाचन, आदिवासी जनजाति नेताहरुको माग र पार्टी भित्रको आन्तरिक कलहका बारेमा समेत परामर्श भएको बुझिएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादीले सत्ता नछाड्ने संकेत गरेपछि कांग्रेसले बिभिन्न चरणमा छलफल गर्दै आएको छ ।
छलफलमा उपसभापति पौडेलका साथै केन्द्रीय सदस्य नरहरि आर्चाय, गगन थापालगायत आधा दर्जन नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया