दस विधामा हेल्थ अवार्ड छनौट शुरु

काठमाडौं, २७ जेठ । स्वास्थ्य खबरपत्रिकाले यस पटक पनि स्वास्थ्य क्षेत्रमा लागेका व्यक्ति वा संघ/संस्थालाई सम्मान सहित पुरुस्कार प्रदान गर्ने जनाएको छ ।
आफ्नो दोस्रो बार्षगाँठका अवसरमा सो पत्रिकाले विभिन्न दस विधामा पुरुस्कार प्रदान गर्न लागेको आज जारी विज्ञप्तीमा उल्लेख छ ।
पत्रिकाले आफ्नो प्रकाशन आरम्भ गरेको प्रथम वार्षिक उत्सवका अवसर पारेर गतवर्ष ‘हेल्थ अवार्ड’ स्थापना गरेको थियो ।
प्रत्येक वर्ष पत्रिकाको प्रकाशन थालनी भएको साउन ६ गतेका दिन सो सम्मान सहित पुरुस्कार प्रदान गरिन लागे विज्ञप्तीमा उल्लेख छ ।
स्वतन्त्र निर्णायक कमिटी मार्फत् छनोटमा परेका उत्कृष्ट चिकित्सक, मेडिकल कलेज, औषधी कम्पनी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य व्यवसायी, अस्पताल, स्वास्थ्य पत्रकार, नर्स, आयूर्वेद वा वैकल्पिक चिकित्सा अस्पतालमध्ये एक/एक लाई अवार्ड प्रदान गरिने विज्ञप्तीमा उल्लेख छ ।
गत वर्ष पहिलो पटक पाँच प्रमुख विधामध्ये चिकित्सक तर्फ शंकरमान राई, मेडिकल कलेज तर्फ नेपालगञ्ज मेडिकल कलेज, औषधी कम्पनीमा एनपिएल, अस्पताल तर्फ चितवन मेडिकल कलेज शिक्षण अस्पताल र ब्यवसायी तर्फ विजेन्द्र श्रेष्ठले अर्वड प्राप्त गरेका थिए । (फाईल तस्बिर)

प्रतिक्रिया