पूर्व प्रधानमन्त्री थापा अवस्थ्य

काठमाडौं, २७ जेठ । अचानक मुर्छित भएर अस्पताल भर्ना हुनु भएका पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको स्वास्थ्य अवस्थामा सामान्य सुधारोन्मुख रहेको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा थापाको उपचार भईरहेको छ ।
राजपा र राप्रपावीचको पार्टी एकता सम्बन्धी बैठकमा सहभागी अध्यक्ष थापा अचानक मुर्छित भएर ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिको थियो । केही मिनट ढिला भएको भए उहाँलाई बचाउन मुस्किल हुने चिकित्सक डा.भारत रावतको भनाई छ ।
‘पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई २४ घण्टासम्म चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राख्नु पर्छ,’ उनले भने, ‘ब्लडप्रेसर ७० देखि ९० को विचमा छ ।’
रगतमा अक्सीजनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री थापा मुर्छित भएको डा.रावतको भनाई छ ।
पूर्व प्रधानमन्त्री थापा उपचारका लागि अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आफन्त र शुभेच्छुकहरु नर्भिक अस्पतालमा जम्मा भएका छन् ।

प्रतिक्रिया