पटक/पटक धोका पाएका छौः कोइराला

काठमाडौं, २६ जेठ । कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीबाट सधै ढाँटछलको राजनीति मात्रै हुने गरेको बताएका छन् ।
खुल्लामञ्चमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले एमाओवादीले पटक पटक धोका दिएको बताए । ‘एमाओवादीबाट हामीले धोका पाएका होइनौं,’ उनले भने, ‘बरु उनीहरुले नै आफ्नै कारणले धोका पाइरहेका छन् ।’
कोइरालाले एमाओवादी आफ्नै कारणले आन्तरिक रुपमा पराजित भईरहेको बताए । उनले आफूहरु जिम्मेवार राजनीति गरिरहेको भन्दै जे पायो त्यही गर्न नहुने बताएका छन् ।
लोकतन्त्रको रक्षाका लागि आफूहरु सधै लडिरहने बताएका कोइरालाले मेलमिलाको नीतिमा चल्न एमाओवादीलाई सुझाव दिएका छन् । लोकतन्त्रको रक्षा मेलमिलापको नीतिका साथ अगाडि बढे मात्रै हुने उनले बताए ।
‘तानशाहहरु आफूलाई शक्तिशाली ठान्छन,’ कोइरालाले भने, ‘लोकतन्त्रका विरुद्ध लागे एक÷एक गरेर ढल्दै जाने छन् ।’
एमाओवादीको धम्कीबाट उनीहरु कदापी सफल नहुने कोइरालाको भनाई थियो ।

प्रतिक्रिया