नयाँ निर्वाचन नौटंकीः अध्यक्ष खनाल

काठमाडौं, २६ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी नेतृत्वको सरकारले एकलौटी रुपमा घोषणा गरेको नयाँ चुनाव नौटंकी मात्रै भएको टिप्पणी गरेका छन् ।
२२ दलले आज राजधानीमा गरेको विरोध सभामा उनले देशलाई संटतर्फ धकेल्न बाँकी दलहरुसँग सल्लाहनै नगरेर नयाँ निर्वाचन घोषणा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको निर्वाचन संकटको कारक मात्रै रहेको बताए । ‘म चुनाव घोषणा खारेज गर्न माग गर्छु,’ उनले भने, ‘मंसिर ७ मा चुनाव हुनेछैन ।’
एमाओवादीको एकाधिकारवादी महत्वाकाङ्क्षाका कारण संविधानसभाबाट नयाँ संविधान आउन नसकेको खनालको भनाई थियो ।
उनले संविधानसभानै तुहाइदिएका कारण एमाओवादीलाई सजाय दिनैपर्ने पनि बताए । सम्पूर्ण क्षेत्र कब्जा गरेर चुनाव गराउने र दुई तिहाई भोट लिने एमाओवादी योजना रहेको दाबी गर्दै अध्यक्ष खनालले यथाअवस्थामा निर्वाचन हुनै नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया