मजदुरलाई जागिरबाट निकाल्ने धम्की

काठमाडौं, २६ जेठ । अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघले राजधानी दैनिकमा कार्यरत मजदुर शिव गौतम र शैलेन्द्र श्रेष्ठलाई बैद्य पक्षीय मजदुर संगठनमा लागेको आरोपमा जागिरबाट निकालिदिने धम्की दिएको जनाएको छ ।
मजदुर संघका केन्द्रीय सदस्यसमेत रहेका गौतम र श्रेष्ठलाई दाहाल पक्षीय जनक शर्मा र चन्द्रशेखर अधिकारीलगायतका नेताहरुले जागिरबाट निकाल्ने धम्की दिएको भन्दै राजधानी दैनिक इकाई समितिले घोर भत्र्सना गरेको जनाएको छ । एमाओवादी भित्रको आन्तरिक बिवादले विभिन्न मजदुर संघगठनहरुमा प्रत्यक्ष प्रभाव देखिदै आएको छ ।
‘संघमा संगठित नहुन भन्दै दाहाल भट्टराई पक्षीय मजदुर नेताहरुले धम्क्याउँदै आएका छन्,’ विज्ञप्तीमा भनिएको छ ।
ललितपुर जिल्ला अध्यक्ष समेत रहेका अधिकारीले शिव गौतम र शैलेन्द्र श्रेष्ठलाई बैद्य पक्षीय मजदुर संगठनमा किन लागेको भन्दै आजै बिहान राजधानी दैनिकका प्रकाशकलाई भनेर जागिरबाट निष्काशन गर्ने धम्की दिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया