लोकदोरोही अवार्ड २०६९को आयोजना हुने

काठमाडौं २५ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंले आगामी जेठ २७ गते प्रथम पूजा लोकदोहोरी अवार्ड २०६९को आयोजना गर्ने  जानकारी दिएको छ ।
लोक तथा दोहोरी गायक, गायीका, वद्यावादक, रचनाकार तथा संगीतकारको हक हितका लागि स्थापना गरिएको प्रतिष्ठानले राष्ट्रिय प्रज्ञाप्रतिष्ठान नेपालमा आगामी २७ गते दिउासो २ बजेदेखि प्रथम पूजा लोकदोहोरी अवार्ड २०६९ वितरण  गर्न लागिएको हो ।
काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले लोक दोहोरी म्युजिक कम्पनि, लोकदोहोरी प्रतियोगिता गायक, लोक दोहोरी म्युजिक भिडियो छायााकार, दोहोरी सााझ गायक, लोक दोहोरी गायक, लोक दोहोरी नायक (मोडल) लोक दोहोरी नव गायक, लोक दोहोरी सञ्चारकर्मीलगायत लोक दोहोरीसाग सम्बन्धित २६ शिर्षकमा सम्मान तथा पुरस्कार वितरण गर्न लागेको  जानकारी दिएको थिया
उक्त प्रतिष्ठानमा हाल ५०० जना आजिवन सदस्य र १० हजार जना साधारण सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको पूजा लोकदोहोरी अवार्ड २०६९ नेपालकै इतिहासमा पहिलो भएको दावी समेत गरेको  छ ।

प्रतिक्रिया