बेइजिङ : एक चिनियाँ बालकको आँखा मात्र होइन, टोड्कै छैनन् । तैपनि उनी टर्चलाइट घरीघरी आँखापट्टि फर्काएर बालिरहन्छन् । यसो गर्दा उनलाई रमाइलो लाग्छ रे † आँखा नभए पनि छोरोले प्रकाशलाई महसुस गर्ने गरेको बालकका आमाबाबुको विश्वास छ । आठ महिनाको भएपछि मर्वानिजुन नाम गरेका ती बालकले आँखापट्टि फर्काएर टर्च बाल्न थालेका हुन् ।
जन्मँदै उनको अवस्था यस्तै थियो । अभिभावकले उनलाई सिन्जियाङको राजधानी उरुम्कीस्थित एक अस्पतालमा उपचारका लागि पुर्याए । डाक्टरले उनको आँखाका ज्योति जगाउन नसके पनि आशाको ज्योति जागाउन भने सफल भए । ‘उनको देब्रे आँखा सध्ये छ त्यसैले उनी आँखामा टर्च बाल्ने गर्छन्,’ डाक्टरले यसोभन्दा उनका आमाबाबु असाध्यै खुसी भएका थिए । तर, उनीहरूको खुसी लामो समयसम्म कायम रहन सकेन । उनको आँखामा लेन्स नभएकाले शल्यक्रियाबाट उपचार सम्भव नभएको डाक्टरको भनाइ छ । बालक १६ वर्षको भएपछि नक्कली आँखा हालेर उनलाई संसार देखाउन सकिने आस डाक्टरले लिएका छन् । ‘ऊ प्रकाश हेर्न व्यग्र छ जस्तो लाग्छ । ‘हे भगवान् † उसले प्रकाश देख्न सकोस्’ भनेर हामी सधैँ प्रार्थना गर्छौँ,’ उनका बाबुले भने । (डेलिमेल)
प्रतिक्रिया