‘सेक्स भावना उत्पन्न हुनु स्वाभाविक’

केमा व्यस्त हुनुहुन्छ ?
ब्याचलर पहिलो वर्षको परीक्षा केही दिनअगाडि सकियो । एफएमका कामहरू पनि गर्दै छु ।
मिस नेवा: नबन्नुभएको भए अरू कुन प्रतियोगितामा जानुहुन्थ्यो ?
मिस नेवा: नबनेका भए त म मिस सुनीता मात्रै रहने थिएँ । किनकि मलाई मिस नेवाभन्दा ठूलो अरु कुनै ‘मिस’ लाग्दैन ।
कुनै व्यक्ति बाह्र वर्षदेखि तपाईंलाई प्रेम गर्छु भन्दै पर्खिरहेको छ भने के गर्नुहुन्छु ?
ओहो.. त्यत्रो १२ वर्षदेखि मलाई नै पर्खिएर बसेको हो भने प्रेमको मात्र के कुरा, सीधै बिहे नै गरिदिन्छु म त । अहिलेको जमानामा त्यस्तो मान्छे १२ वर्ष तपस्या गरे पनि पाइँदैन ।
तपाईंलाई राष्ट्रले चेपाङ समुदायको उद्धार गर्ने जिम्मेवारी दिए ?
वाउ.. त्यस्तो महत्वपूर्ण काम मलाई † राष्ट्रले त्यस्तो मौका दिन्छ भने त उनिहरुको उद्धारका लागि हरेक पल आफ्नो समय खर्चिन्थे । उनीहरूलाई मानसिक रुपमा विकास गराई आफुसरह बनाउँथेँ । उनीहरुमा चेतना नआउन्जेल उनीहरुको समुदायमा बसेर काम गरिरहन्थेँ ।
अनि त्यसरी एउटै समुदायमा बस्दा कुनै चेपाङ केटोसँग मन साटियो भने नि ?
अब मायापिरति बसी नै हाल्यो, मनले छुट्टी नै मानेन भने के गर्नु † उसलाई पनि  परिवर्तन गरेर आफ्नै जस्तो सोचको बनाउँथेँ । अनि दुवै जना मिलेर चेपाङ समुदायको उद्धारका लागि खट्थेँ ।
अभिनेता राजेश हमाल र भुवन केसी मध्ये एक छान्न परे ?
राजेश हमाल इन्टेलिजेन्ट लाग्छन्, उनैलाई छान्छु ।
सुन्दरी देखिन बिकिनी लगाउनै पर्छ ?
अहँ पर्दैन । सुन्दरी हुन त सामाजिक, सास्कृतिक, धार्मिक तथा अन्य सबै विषयमा ज्ञान हुन जरुरी छ ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा त बिकिनी अनिर्वायजस्तै मानिन्छ नि !
मलाई लाग्छm, त्यो विकृति हो । मैले अहिलेसम्म बिकिनी लगाएर प्रदर्शन नगरेकाले यसबारे मलाई खासै ज्ञान पनि छैन ।
मानिसलाई सेक्स किन चाहिन्छ ?
यो बायालोजिकल निड हो । सेक्सको आनन्द मानव जीवनका लागि अपरिहार्य छ । प्राणीमा सेक्सको भावना उत्पन्न हुनु स्वाभाविकै हो ।
विवाह किन गर्नुहुन्छ ?
बुढेसकालको साहाराको रुपमा लिन्छु बिवाहलाई । उमेर छउन्जेल त आफै पनि केही गर्न सकिन्छ तर बुढेसकालमा आफुले केहि गर्न सकिन्न । त्यति बेला उसको काखमा निदाउन खुबै आनन्द हुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया