एकिकृतले जनतासंग माफी माग्यो


काठमाडौ,२३ । नेकपा एकिकृतको केन्द्रीय समितिले संविधान सभामा प्रतिनिधित्व भएर पनि संविधान निर्माण गरी घोषणा गर्न नसकेकोमा जनता सक्षम माफि मागेको छ ।
उक्त पार्टीको जेठ ११ देखि २० गते सम्म काठमाडौमा बसेको बैठकले यसरी क्षमा यचान गरेको हो । पार्टी सचिव सिताराम तमाङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पछि जारी विज्ञप्तीमा ‘संविधान निर्माण गरी घोषणा गर्न असफल भएकोमा सम्पूर्ण मजदुर, किसान, उत्पीडित जाति, बर्ग, लिड्ग र क्षेत्रका जनसुमदाय समक्ष हाम्रो पार्टी क्षमा याचना गर्दछ । संविधानसभाको यस प्रकारको विघटन गरिनु राजनैतिक इतिहासमा ठुलो बेइमानी र नेपाली जनतामाथि ठुलो विश्वासघात भएको छ ठहर गर्दे यो कदमलाई पार्टी खेद प्रकट गर्दछ । ’ भनिएको छ ।
उक्त पार्टीले तीन दल र मधेशी मोर्चाको मुख्य नेताहरुको सर्वसत्तावादी भुमिका, बेईमानी, अदुरदर्शिता र सत्तालिप्साको कारण त्यसमा पनि मुख्यत : नेपाली काग्रेस र नेकपा (एमाले) को संघीयता र अग्रगमन विरोधी चिन्तन, उत्पीडित जाति, क्षेत्र, बर्ग, लिड्ग, दुर्गम र दुरवर्ति  समुदायको अधिकार विरोधी चिन्तन, चरित्र र भुमिका, सहमति नभए पछि प्रकृयामा पनि जान नदिने कृयाकलाप संविधानसभा विघटन हुनुमा मुख्य भुमिकाको रहेको ठहर समेत गरेको छ ।

प्रतिक्रिया