सगरमाथाआरोही डांगी सम्मानित

काठमाडौं, २३ जेठ । लुम्बिनी सगरमाथाशान्तिअभियानअन्तर्गत सगरमाथाको चुचुरोमा पुग्न सफलआरोहीशिवकुमार डांगीलाई डांगीबन्धु ट्रष्ट नेपालले सम्मानित गरेको छ ।
मंगलबार काठमाडौमासम्मान कार्यक्रमको आयोजना गरी डांगी बंशबाटै पहिलो चोटी सगरमाथाको शिखरमा पुग्न सफल चैनपुर ९ संखुवासभाका शिवकुमारलाई ट्रष्टले ताम्रपत्र सहित सम्मानित गरेको हो । ट्रष्ट काठामाडौं सम्पर्क कार्यालयका अध्यक्ष उत्तरकुमार डाागीले सम्मानपत्र प्रदान गरेकाथिए ।
लुम्बिनी सगरमाथा शान्तिअभियान नाराका साथ चैत्र २२ काठमाडौंबाट माओवादी केन्द्रीय सदस्य कृष्ण केसीको नेतृत्वमा सगरमाथा आधारशिविर तर्फ गएको १० सदस्यीय मध्ये डांगीसहित ८ जनाले जेठ १३ गते सफल आरोहण गरेकाथिए ।
सो आरोहण अभियानमा एमाओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल र सम्मानित आरोही डाागीले एकै समयमा सगरमाथाको शिखर पुगेका हुन् ।

प्रतिक्रिया