सडकबाटै सरकार हटाउने प्रतिपक्षहरुको चेतावनी


काठमाडौ, २३ जेठ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवले काग्रेस र एमालेले आन्दोलनमार्फत निर्वाचन र अग्रगमनलाई विथोल्ने खोजे  सरकारले आन्दोलन विरुद्ध कडा कदम चाल्न वाध्य हुने चेतावनी दिएका छन् ।
काठमाडौमा आयोजित एक कार्यक्रममा आफनो धारणा राख्दै  यादवले संविधानका नमिलेका विषयमा काग्रेस र एमालेले सहमति जनाए वा निर्वाचनबाट अर्को सरकार आए मात्रै प्रधानमन्त्री पदमुक्त हुने स्पष्ट पारेका छन् ।
मुलुकमा अहिले काग्रेस र एमालेले भने जस्तो कुनै बैधानिक संकट नभएको दावी गर्दै राज्यपुर्नसंरचना आयोगले सिफारिस गरेको १० प्रदेशमा काग्रेस र एमालेले सहमति जनाए तत्कालै प्रधानमन्त्रीले पद छोड्ने दावी समेत गरे । कसैले धम्क्याउदैमा प्रधानमन्त्रीले पद छाड्नु नहुने उनको जिकिर थियो संविधानसभाको विघठन यथास्थितिबादी नेकपा एमालेको कारण भएको भन्दै काग्रेस एमालेको जालमा फसेको ठोकुवा पनि सन्चारमन्त्रीले गरेका थिए ।
सोही कार्यक्रममा एमाओवादी स्थायी समिति सदस्य देबप्रसाद गुरुङले बर्तमान सरकारलाई विस्थापित गरेर सहमतिको सरकार निर्माणको लागि आफ्नो विचार समूह सडक आन्दोलनमा जान तयार रहेको घोषणा गरे । उनले सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिने सर्तमा काग्रेस र एमालेको आन्दोलनलाई समेत समर्थन गर्ने स्पष्ट पारे । सत्तामा टिकिरहने स्वार्थका कारण प्रधानमन्त्रीले संविधानसभा विघटन गरेको आरोप लगाउादै गुरुङले भने–दलहरुलाई फुटाएर राजगर्ने राष्ट्रिआत्मसर्मपणबादी विचार र शक्तिकेन्द्रको आडनमा संविधानसभा विरुद्ध षडयन्त्र भएको भन्दै राजनीतिक रुपमा राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने दावी गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले सहमतिको  लागि प्रयास तत्काल नथाले जनआन्दोलनबाटै सरकारलाई विस्थापित गर्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीले पद छाडेको घोषणा नगरेसम्म बर्तमान सरकारसाग कुनै सम्बाद नहुने स्पष्ट पार्दै निरकुंश रुपमा आगाडि आएको सरकारबाट निर्वाचन पनि हुनै नसक्ने ठोकुवागरे । उनले सरकार आफूहरुको आन्दोलनको विरुद्ध आए त्यस विरुद्ध लड्ने चेतावनी समेत दिए । सरकारको निर्वाचन घोषणालाई नाटकको संज्ञा दिदै केसीले निर्वाचनको नाटकबाट क्षेत्रीयता र जातीयलाई प्रयोग गर्दै सत्ता कब्जा गर्ने रणनीति अनुसार माओवादी अगाडि बढेको दावी गर्दै केसीले भने–सरकारले बैद्यानिकताको खोल ओढेर सत्ता कब्जा गर्ने रणनीतिमा अगाडि बढेको छ ।
एमालेका सचिव शंकर पोख्रेलले माओवादीको बैद्य समूह र जनआन्दोलनका शक्तिहरुको विचमा एकता गरी मुलुकको संबैधानिक संकटको अन्त्य गर्न सकिने बताए । उनले बैद्य पक्षले माओवादीको लिगेसी लिन सके मुलुकले निकास पाउने समेत स्पष्ट पारे । पोख्रेलले पार्टीभित्र बैद्य पक्षको भूमिका कमजोर बनाउने, काग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति तोडेर सरकारमा टिकिरहने चाहना पाल्दा संविधानसभा विघठन भएको भन्दै अब आन्दोलनबाट मात्र मुलुकले निकास पाउन सक्नेठोकुवा गरे ।
उनले भने–अब संबैधानिक संकटको गाठो जनआन्दोलनका शक्तिहरु मिलेर मात्र फुकाउन सक्छन । प्रचण्ड र बाबुरामजी संविधान क्रियाशिल गराउने पक्षमा देखिनु हुन्न । उहााहरुले हिडेको बाटो  संबैधानिकता, सहमति र निर्वाचनको बाटो होईन ।यो यात्रा नरोकी कन नयाा यात्रा सम्भव छैन । अब अर्को संविधानसभाको निर्वाचन हुन सक्दैन ।

प्रतिक्रिया