निर्देशक देबकोटा सहित दुईको मृत्यु

मकवानपुर, २२ जेठ । मकवानपुरको भीमफेदीमा आज भएको सवारी दुर्घटनामा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा सहित दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौडा जाँदै गरेको बा ८ च ४६१८ नम्बरको पिकअप जिप भीमफेदी नजिकै भिरमा खस्दा देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप जिप सडकबाट करिव २ सय मिटर तल खसेको थियो । दर्घटनामा बाँच्न सफल चालक राजकुमार तामाङको अवस्था गम्भीर छ ।
देवकोटालाई सरकारले विभागको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सौर्य

प्रतिक्रिया