सत्तारुढ दलहरुले पनि अन्तरक्रिया गर्ने

काठमाडौं, २२ जेठ । प्रमुख सत्तारुढ एकीकृत माओवादीसहितका साना दलहरुले विपक्षी दलहरुको आन्दोलनलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने भएका छन् ।
एमाओवादी सहित सरकारलाई समर्थन गर्ने १९ दलको आज बालुवाटारमा बसेको बैठकले संविधानसभा विघटन र नयाँ निर्वाचनका बारेमा जानकारी गराउन सभा, अन्तरक्रियालगयतका कार्यक्रम गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
सोही क्रममा मंगलबार राजधानीमा उनीहरुले अन्तरक्रियाको कार्यक्रम राखेका छन् । अन्तरक्रिया मंगलबार दिउसो दुई बजे होटेल याक एण्ड यतीमा हुने छ ।
त्यसै गरेर उनीहरुले कांग्रेस र एमाले लगायतका दलले सत्तारुढ दलहरु विरुद्ध गरेको प्रचारवाजीको भ्रम हटाउने निर्णय गरेको नेताहरुको भनाई छ । सत्तारुढ दलहरुले निर्वाचनका लागि सहयोग गर्न सबैलाई आह्वन समेत गरेका छन् ।
साना दलहरुले भने कांग्रेस, एमालेहरु जस्तै आन्दोलनमा जाँदा राष्ट्रिय सहमति विथोलिने भन्दै बैठकमा असहमति जनाएका थिए ।

प्रतिक्रिया