राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिमा जोड

काठमाडौं, २२ जेठ । राष्ट्रपति डा.रामवरण यादवले मुलुकको विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।
उनले सबै दलहरुका वीच सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सभासद धनराज गुरुङले जानकारी दिए ।
संविधानका बाँकी काम पुरा गरेर विघटित संविधानसभा व्युत्याई नयाँ संविधान जारी गर्न मागगरेर राष्ट्रिपति डा.यादवसँग भेटगर्न शीतल निवास पुगेका निवर्तमान सभासदहरुलाई राष्ट्रिय सहमतिका लागि दबाव श्रृजना गर्न सुझाव दिएका हुन् ।
‘मुलुकको निकासका लागि सबै दलहरुका वीच राष्ट्रिय सहमति आवश्यक छ,’ राष्ट्रपति डा.यादवले भने, ‘सहमतिमा दलहरुले गर्ने निर्णयलाई सबैले मान्नुपर्छ ।’
कांग्रेसका निवर्तमान चार दर्जन बढि सभासदले संविधानसभा व्युताउनुपर्ने भन्दै हस्तक्षर गरेलगत्तै उनीहरुले आज राष्ट्रिपति डा.यादवसँग भेटगरेका हुन् ।
राष्ट्रपति डा.यादवसँग भेटगर्न निवर्तमान सभासद कमला पन्त, धनराज गुरुङ, जीवन प्रेम श्रेष्ठ, मोहन पाण्डे लगायत ८/९ जना सभासद पुगेका थिए ।
उता, राष्ट्रपतिलाई भेटगर्ने विषयमा कांग्रेसका निवर्तमान सभासदहरुका वीच विवाद भएको छ । विवाद भएपछि शोभाकर पराजुली सहितका सभासद राष्ट्रपतिलाई भेटगर्न गएनन् । ‘हामीले राष्ट्रपतिलाई अनवाश्यक रुपमा विवादमा तान्नु हुँदैन,’ निवर्तमान सभासद पराजुलीले भने, ‘राजनीतिक रुपमा दबाव दिएर संविधानसभा व्युताउनु पर्छ ।

प्रतिक्रिया