दीपिकाको हट सुट

मुम्बई : ग्ल्यामर पस्कने मामिलामा बलिउड नायिका दीपिका पादुकोण पनि कम छैनन् । विभिन्न कामुक अदा तथा त्यस्तै तस्वीरहरूमार्फत दर्शकहरूबीच छाइरहने कलाले उनलाई बलिउडमा ‘हटकेक’ बनाइराख्छ । ग्ल्यामरप्रतिको उनको मोह यति गहिरो छ कि प्रदर्शनमा आउन लागेको चलचित्र ककटेलमा बिकिनीका हटसिन दिएर पनि उनको चित्त बुझेको छैन । त्यसैले भर्खरै पनि उनले एक म्यागाजिनका लागि अर्को हट फोटोसुट गराएकी छन् । वोग म्यागजिनको पछिल्लो अंकको कभर पृष्ठमा उनको उक्त तस्बिर देख्न पाइनेछ ।
(एजेन्सी)

प्रतिक्रिया