काठमाडौं, २१ जेठ । एमालेले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार विघटन गर्न माग गरेको छ ।
पार्टी मुख्यालय बल्खमा आज बसेको केन्द्रीय कमिटी बैठकले सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि व्यापक जनदवाव सिर्जन गर्ने निर्णय गरको जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसै गरेर बैठकमा विभिन्न विचारहरुलाई पार्टीभित्र प्रवेश गराउनु पर्ने भन्दै भिन्न विचारलाई सम्मान गर्न सुझाव आएको एमालेले जनाएको छ ।
धारणा राख्ने अधिकांश नेताहरुले पार्टीले संस्थागत रुपले निर्णय गरेपछि दृढतापूर्वक सो विषयहरु कार्यान्वयन गर्न दबाव दिएको सचिव युवराज ज्ञवालीले बताए ।
बैठकमा संविधानसभा विघटन पछिको उत्पन्न राजनीतिक संकट सम्बन्धी प्रस्तावमा छलफल भएको थियो ।
सो प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल, लालबाबु पण्डित, उर्वादत्त पन्त, नेत्रप्रसाद पन्थी, गोकर्ण बिष्ट, योगेश भट्टराई, राजेन्द्र गौतम, राधा ज्ञवाली, गोरखबहादुर बोगटी, कर्ण थापा, सोमनाथ अधिकारी प्यासी, ठाकुर गैरे, श्रीप्रसाद साह, विषमलाल अधिकारी र गोकुल घर्तीले आ–आफ्नो धारणा राखेका थिए ।
अर्को बैठक जेठ–२७ गते पुनः बस्नेगरी स्थगित भएको छ ।
प्रतिक्रिया