मुलुक भरीका अदालत बन्द

काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको शोकमा आज मुलुकभरीका न्यायालयहरु बन्द भएका छन् ।
गएको बिहीबार न्यायाधीश बमलाई काठमाडौंको शङखमूलस्थित यूएन पार्क नजिक अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको थियो ।
सो क्रममा बमका अंगरक्षक र अर्का एक जना साथी पनि घाईते भएका थिए । दुबै जनाको अस्पतालमा उपचार भईरहेको छ ।
गोली लागेर गम्भीर घाइते बमको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया