“अन्तरमनका छालहरू” लोकार्पित

चितवन : कवि धर्मराज अर्यालको चौथो काव्यकृति ‘अन्तरमनका छालहरू’ शनिबार लोकार्पित भएको छ । अर्यालकी ८१ वर्षीया माता देवमायाले कृति लोकार्पण गरेकी हुन् । कार्यक्रममा विशिष्ट अतिथि प्रेमविनोद नन्दनले कविता र साहित्यका क्षेत्रमा कवि अर्यालको भूमिका अतुलनीय रहेको बताउँदा समालोचक कपिल अज्ञातले लोकार्पित कृति सङ्ग्रहणीय रहेको उल्लेख गरे ।
साहित्यकार गोविन्दराज विनोदी, धनराज गिरी, इन्द्र रेग्मी, प्रा. डा. नारायणप्रसाद खनाल, अक्षर समूह चितवनका संयोजक सङ्गीत आयामलगायतले पनि कृतिबारे आआफ्ना धारणा राखे । २०१२ सालमा चितवनको कोराकमा जन्मिएका अर्यालका ‘मातृभूमिको गीत’ (२०३६), ‘सिर्जनाका धुनहरू’(२०५६), ‘तिम्रा मेरा बातहरू’ (२०६०) कवितासङ्ग्रह यसअगाडि प्रकाशन भइसकेका छन् । (सौस)

प्रतिक्रिया