एनआरएनका नेताहरुको जमघट नेदरल्याण्डमा

नेदरल्याण्ड, शनिबार । गैर आवासीय नेपाली संघले सय मेघावाट सम्मका विद्युत उत्पादन गर्ने परियोजनामा लगानी गर्ने दोहराएको छ ।
पाँचौं युरोपियन क्षेत्रीय बैठकका लागि नेदरल्याण्डमा जम्मा भएका एनआरएनका नेताहरुले काठमाडांै घोषणापत्र अनुसार यसै वर्षबाट लगानी गर्ने निर्णय गरेका हुन् ।
एनआरएनका अध्यक्ष जीवा लामिछानेले नेपालको विकासका लागि शुरु गरेको सामुहिक लगानी प्रभावकारी हुने जानकारी दिए । उनले अधिकांस देशहरुमा रकम संकलन गर्न समितिहरु गठन भएको बताएका छन् ।
उनले नेपालको आर्थिक उन्नतीका लागि सामुहिक रुपमा लगानी गर्नुको विकल्प नरहेको बताएका छन् ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा संविधान निमार्ण नहुनु र सुरक्षा नभएका कारण देखाएर लगानी नगर्नुलाई सकरात्मक रुपमा लिन नसकिने बताए ।
उनले भने, ‘वेलायतमा संविधान छैन, युरोपमा सुरक्षा छैन तर विकासमा कुनै असर परेको छैन, यसबाट सिक्नु पर्छ ।’
शुक्रबारदेखि जारी बैठकमा युरोपका १४ वटा देशका एनआरएन अध्यक्षहरुले नेपालमा स्वास्थ्य, शिक्षा र खानेपानीमा गरेको लगानीका बारेमा जानकारी गराएका थिए ।
युरोप संयोजक कुमार पन्तका अनुसार यस वर्ष सामाजिक क्षेत्रमा युरोपबाट मात्रै एक करोड भन्दा बढि लगानी गर्ने जानकारी दिए ।
एनआरएन जर्मनीका अध्यक्ष पुष्प थापाले बाबालिकाको स्वास्थ्य क्षेत्रमा १० लाख रुपयाँ लगानी गरेको जानकारी गराएका छन् ।
बैठकले आइतबार नेदरल्याण्ड घोषणपत्र जारी गर्दै सामुहिक लगानी, सामाजिक विकास र एआरएनका विधानका बारेमा निर्णय गर्दै सम्पन्न हुने छ ।

तस्बिर सौजन्य शिव लम्साल, नेपाल प्रेस युनियन, महासचिव ।

प्रतिक्रिया