भारतीय नागरिकद्वारा गोली प्रहार

रौतहट, २० जेठ । रौतहट जिल्लाको जोकाहामा तीन जना भारतीय नागरिकले नेपाल भित्रै प्रवेश गरेर एक जना नेपालीलाई गोली प्रहार गरेर घाईते बनाएका छन् ।
जोकाहा–९ बस्ने ३५ वर्षीय नवल साह कानुलाई मोटरसाईकलमा आएका तीन जना भारतीय नागरिकले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । गोली लागेर साह गम्भीर घाईते भएका छन् ।
भारत मोतिहारी बढवाखुद बस्ने बाघ सिं भत्रे अजय सिं, खवारी साह तेली र बैद्दनाथ साह गएराति छातीमा गोली प्रहार गरेर भागेका हुन् ।
घाइते कानुलाई उपचारका लागि भारत मोतीहारीतर्फ लगिएको छ । उनको अवस्था सामान्य तर्फ उन्मुख रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया