संस्थापनले एकताका लागि पहल गर्ने

काठमाडौं, १९ जेठ । एमाओवादीको संस्थापन पक्षले पार्टी एकताका लागि असन्तुष्ट वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहसँग पहल गर्ने निर्णय गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकले वैद्य समूहका मागका बारेमा परामर्श गर्ने निर्णय गरेको एमोवादीले जनाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको संस्थापन पक्षले असार–१५ गते विस्तारित बैठक बोलाउने निर्णय समेत गरेको छ ।
आन्तरिक संकटमा रहेको एमाओवादीले बैद्य समूहलाई मिलाउने यस अघि पनि भन्दै आएको थियो ।
संस्थाप पक्षले असार–१ गते देशव्यापी सभा र भेला आयोजना गर्ने निर्णयपनि गरेको छ ।
यसैवीच, संविधानसभा विघटन गरेर नयाँ निर्वाचनका लागि सरकारले गरेको घोषणाको एमाओवादीको संस्थापन पक्षले स्वागत गरेको छ ।

प्रतिक्रिया