न्यायाधीश बमको अन्तिम दाहसंस्कार

काठमाडौं, १९ जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको पार्थिव शरीरमा श्रद्धाञ्जली सहित आजै अन्तिम दाहसंस्कार गरिएको छ ।
अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका बमलाई सर्वोच्च अदालत परिसरमा अन्तिम श्रद्धाञ्जली दिईदिएको थियो ।
बमको पार्थिव शरीरमा राष्ट्रपति डा.रामवरण यादवले समेत श्रद्धान्जली व्यक्त गरेका छन् ।
त्यसै गरेर प्रधानमन्त्री बाबुराम भट्टराई, सर्वाेच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांगे्रस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र सभामुख सुवास नेम्वाङलगायतले न्यायाधीश बमलाई श्रद्धाञ्जली दिएका थिए ।
न्यायाधीश बम बिहीवार बङ्गलामुखी दर्शन गरी बा ८ च ९८५३ नम्बरको गाडीमा फर्कने क्रममा शंखमूलस्थित युएनपार्कमा उनको हत्या भएको थियो । बमका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया