तीन प्रहरीमाथि अनुसन्धान सुरू

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले इलाका प्रहरी कार्यालय पशुपतिनगरका तीन प्रहरीलाई नियन्त्रणमा लिएको छ । हवल्दार प्रेमलाल चौधरी, जवान कृष्ण विक र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरका भान्सेलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आइतबार चुरियामाई मन्दिरनजिकै ना १ ख ८९२७ नम्बरको ट्रक जाँचका क्रममा गाँजासहित दुईलाई पक्राउ गरेको थियो । मकवानपुर बसामाडीका विजय गोले र चितवनका गोपाल कार्कीलाई गाँजासहित पक्राउ गरिएपछि रातोमाटे पोस्टबाट छाडिएको र गस्तीमा रहेका प्रहरीले समातेको पाइएको छ । पोस्टमै फेला परेका गाँजाका कारोबारीलाई छाडिएको पाइएपछि प्रहरीले आफ्नै कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । (सौस)

प्रतिक्रिया