निर्वाच गराउन सक्छुः आयोग

काठमाडौं, १६ जेठ । निर्वाचन आयोगले सरकारले घोषणा गरे अनुसार तोकिएकै समयमा निर्वाचन गराउन तयार रहेको जनाएको छ ।
आयोगले आज सरकारलाई पत्र पठाएर सो जानकारी गराएको हो । निर्वाचन आयोगको पत्रमा भनिएको छ, ‘नेपाल सरकारले विक्रम सम्बत २०९६ साल मंसिर ७ गते विहीबार अर्को संविधानसभाको निर्वाचन गर्ने गरी मिति तोकेकोमा सो मितिमा स्वच्छ , स्वतन्त्र तथा निष्पक्ष ढङगबाट निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्धता व्यक्त गर्दछ ।’
संविधानसभा विघटन भएपछि सरकारले संविधानसभाको नयाँ निर्वाचन गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया