पूर्व सभासद फकाउदै एमाओवादीका दुई समूह

काठमाडौं, १६ जेठ । एमाओवादीको संस्थापन र वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर आफू निकट पूर्व सभासदहरुलाई प्रशिक्षण दिएका छन् ।
संस्थापन पक्षले पार्टी मुख्यालय कोटेश्वर तथा बैद्य समूहले कुपण्डोलस्थित जनवर्गिय संगठनहरुको कार्यालयमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा संस्थापन पक्षले निर्वाचन र सरकारको बचाउ गरेको छ भने बैद्य पक्षले चर्को आलोचना गरेको सहभागी पूर्व सभासदहरुले बताएका छन् ।
संस्थापन पक्षले नयाँ संविधानसभा निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएको छ । उता, बैद्य पक्षले भने प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउनुपर्ने भन्दै संघर्षका लागि तयार हुन निर्देशन दिएको छ ।
बैद्य पक्षले बर्तमान सरकार असंवैधानिक रहेको भन्दै आलोचना गरेको सहभागी एक पूर्व सभासदले जनाएका छन् ।

प्रतिक्रिया