निर्वाचन घोषणा बाध्यात्मकः उन्नाईस दल

काठमाडौं, १६ जेठ । एमाओवादी सहित १९ राजनीतिक दलहरुले सरकारले घोषणा गरेको नयाँ संविधानसभाको निर्वाचन बाध्यात्मक परिस्थिति रहेको भन्दै बचाउ गरेका छन् ।
एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्रमा आज बसेको संयुक्त बैठकले नयाँ संविधानसभाको निर्वाचन सफल बनाउने निर्णय समेत गरको छ ।
बैठक पछि जारी संयुक्त विज्ञप्ती अनुसार पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधानसभाको निर्वाचन गर्ने उल्लेख छ । बैठकले राजनीतिक सहमति गरेर निर्वाचन सफल बनाउन पनि आह्वान गरेको छ ।
बैठकमा एमाओवादीका साथै, लोकतान्त्रिकक फोरम, तमलोपा नेपाल, गणतान्त्रिक फोरम, चुरेभावर राष्ट्रिय एकता पार्टी लगायत १९ दलको सहभागिता रहेको थियो । यद्यपी विज्ञप्तीमा १६ दलले मात्रै हस्ताक्षर गरेका छन ।
उता, कांग्रेस, एमाले लगायतका साना दलहरुको पनि बैठक बसिरहेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा जारी बैठकमा सरकार विरुद्ध के गर्ने भन्ने विषयमा छलफल भईरहेको एक नेताले जनाएका छन् ।

प्रतिक्रिया