राजनीतिक रुपबाट समस्या सुल्झाउन सुझाव

काठमाडौं, १५ जेठ । कानून व्यवसायीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएर राजनीतिक सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।
राजधानीमा आज कांग्रेस सभापति सुशील कोइराला लगायतले कानून व्यवसायीहरुसँग प्रधानमन्त्रीले निर्वाचन गर्न गरेको प्रस्तावका बारेमा कानूनी परामर्श लिएका हुन् ।
छलफलमा सहभागी नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले राजनीतिक रुपमा सहमति गरेर समस्याको समाधान निकाल्न कानून व्यवसायीहरुले सुझाव दिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले लिएको कदम अन्य माध्यमबाट भन्दापनि राजनीतिक रुपबाट समाधान निकाल्नु पर्छ भनेर सुझाव दिएका छौं ।’
छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पे्रमसिंह खड्का, बरिष्ठ अधिवक्ता हरिहर दाहाल, विपिन अधिकारी लगायतका कानून व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया