कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, १५ जेठ । कांगे्रसले प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा मंसिर–७ गते घोषणा गरिएको नयाँ संविधानसभाको निर्वाचन असंवैधानिक भएको जनाएको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज विहान जम्मा भएका प्रभावशाली नेताहरुको अनौपचारीक बैठकले निर्वाचन घोषणाको प्रक्रिया गैरसंबैधानिक भएको ठहर गरहेको हो । कांग्रेसले प्रधानमन्त्री भट्टराईले राजीनामा दिनुपर्ने निष्कर्षसमेत निकालेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।
संविधानसभा विघटनलगत्तै प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै गिरीले भट्टराईले राजीनामा दिनुको विकल्प नरहेको बताए । उनले भट्टराईले तत्काल राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा दिएर बाटो खोल्नुपर्ने बताए ।
प्रधानमन्त्री भट्टराईको कदमका बारेमा कांग्रेसले कानून व्यवसायीहरुसँग छलफल समेत गर्दैछ ।

प्रतिक्रिया